Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं: कोरोनाभाइरसका कारण विश्वभरि मृत्यु हुने व्यक्तिहरूको संख्या एक लाख बढी पुगेको छ । उक्त कुरा संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभरि संक्रमित हुने व्यक्तिहरूको संख्या १६ लाख नाघेको छ। उक्त विश्वविद्यालयका अनुसार कोरोभाइरसका कारण इटलीमा सबैभन्दा बढी मृत्युका घटना भएका छन्।

त्यहाँ १८ हजारभन्दा बढीको ज्यान गएको छ भने करिब डेढ लाख मानिसमा संक्रमण पुष्टि भएको छ।  त्यसपछि अमेरिकामा १६ हजार ७०३ जना व्यक्तिले कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाएका छन्। तर संक्रमणको हिसाबले अमेरिका तालिकामा सबैभन्दा अगाडि छ, जहाँ चार लाख ६० हजारभन्दा बढी व्यक्तिमा संक्रमण भएको पाइएको छ। तेस्रो बढी मृत्युको घटना स्पेनमा भएको छ, जहाँ १५ हजार ८४३ जनाले ज्यान गुमाएका छन्।

त्यहाँ कोरोनाभाइरसबाट संक्रमित मानिसहरूको संख्या करिब एक लाख ५७ हजार छ। त्यसपछि फ्रान्समा धेरै मानिसको मृत्यु भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा १२ हजार २२८ जनाको मृत्यु भएको छ भने करिब एक लाख १९ हजार व्यक्तिमा संक्रमण भएको पाइएको छ। मृतकको हिसाबले यूके पाँचौँ स्थानमा छ, जहाँ करिब आठ हजार मानिसको मृत्यु भएको छ। संक्रमित हुने व्यक्तिहरूको संख्या करिब ६६ हजार छ। भारतमा सङ्क्रमित हुनेहरूको संख्या करिब सात हजार छ भने २२९ जनाको मृत्यु भएको छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन