कोरोना संक्रमितको उपचारमा रोबोट !
इजरायली अन्वेषकहरूले कोरोना भाइरसको संक्रमणका बिरामीलाई हेर्ने क्रममा स्वास्थ्यकर्मीलाई संक्रमण हुने जोखिम कम गर्न टाढैबाट सञ्चालन गर्ने रोबोट प्लेटफर्मको विकास गरेका छन्।
रोबोट संलग्न भिडियो क्यामेराको सहयोगमा ‘जोयस्टिक’ वा ‘स्मार्टफोन’ एप्लिकेसन प्रयोग गरेर स्वास्थ्यकर्मीले टाढाबाट बिरामीलाई परीक्षण गर्ने प्रविधिको विकास इजरायलले गरेको हो। यो रोबोट उत्तरी शहर हाइफामा रहेको रमबामको अस्पतालको आवश्यकताअनुसार विकास गरिएको हो।
अन्वेषकहरूका अनुसार अपेक्षाकृत छोटो समयमा उनीहरू रमबाम र अरु इजरायली अस्पतालमा त्यस्तै रोबोटहरू निर्माण गर्न सक्षम हुनेछन्।
अर्को चरणमा रोबोटमा एक सञ्चार प्रणाली सम्मिलित गरिनेछ जसमा प्राविधिक सामग्री स्क्रिन, क्यामेरा, माइक्रोफोन र स्पिकर समावेश हुनेछ र यो बिरामीदेखि बिरामीसम्म सर्न सक्षम हुनेछ र वास्तविक समयमा मेडिकल स्टाफमा सूचना प्रसारण गर्न सक्नेछ।
रोबोट इजरायलको हाइफाको एक उच्च माध्यमिक विद्यालय र त्यहाँबाट उत्तीर्ण विद्यार्थीहरूको ‘पहिलो’ रोबोटिक्स कार्यक्रम अन्तर्गत विकसित गरिएको थियो।
एक अन्तर्राष्ट्रिय शैक्षिक संस्थाले छात्रछात्रा र युवाहरूको बीचमा उद्यमशीलता र सिकाइ सीपको प्रोत्साहनका लागि उक्त कार्यक्रम विज्ञान र प्रविधि क्षेत्रमा प्रेरणा र पहिचान दिन गरिने रोबोटिक्स प्रतियोगिताबाट निर्माण गरिएको थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा