ढुक्क भएर काम गर्न स्वास्थ्यकर्मीलाई राज्यमन्त्रीको निर्देशन
हेल्थ टिभी अनलाइन\जाजरकोट : काठमाडौं स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कोरोनाविरुद्ध ढुक्क भएर काम गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन्।
शुक्रवार सुर्खेत र जाजरकोटको स्वास्थ्य सेवा कार्यालयको निरीक्षण तथा कोरोना रोकथामका लागि भएका काम कारवाही निरीक्षण गर्दै उनले उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका हुन्।
‘स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी र जनप्रतिनिधि अग्रमोर्चामा काम गर्नुपर्ने भएकाले यो संकटको घडीमा जोगिन र जोगाउन संवेदनशील बन्नुपर्छ’, उनले भने।
राज्यमन्त्री रावतले जिल्लामा निर्माण भएका क्वारेन्टाइन, आइसोलेसनको निरीक्षण, भ्रमण गरी थप सामग्री केही दिनमा पठाउनेसमेत आश्वासन दिए।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम