कोरोना अपडेट: २४ घण्टामा ६३० जनाको नमुना परीक्षण, सबै रिपोर्ट नेगेटिभ
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोनाको नयाँ संक्रमितको संख्या विगत केही दिनदेखि बढेको छैन्। यद्यपी नमुना परीक्षणको दायरा भने बढाइएको छ ।
२४ घण्टामा ६३० जनाको नमुना परीक्षण गर्दा समेत सबैको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । उनले भने, ‘हामीले विगत २४ घण्टामा ६३० जनाको नमुना परीक्षण गर्यौं, उहाँहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’ यो सँगै ८ सय बढी नमुना टेकुस्थित ल्याबमा परीक्षण भइरहेको उनले बताए । ती सबैको रिपोर्ट साँझसम्म आउने पनि उनले जानकारी दिए ।
उपत्यकामा ४ सय १ र उपत्यका बाहिर २ सय २९ जनाको नमुना परीक्षण भएको हो । हालसम्म सरकारले ३ हजार ५ सय ५४ जनाको कोरोना परीक्ष्ण गरिएको जनाएको छ । त्यसमध्ये संक्रमितको संख्या नौ रहेको छ । एक जना संक्रमित भने उपचारपछि निको भएर घर फर्केका छन्। भने ८ जना आइसोलेसनमा उपचारमा छन्। डा देवकोटाले हालसम्म कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या ८ हजार ६ सय ६० रहेको र आइसोलेसनमा १ सय २५ जना रहेको जानकारी दिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा