भारतमा कोरोना संक्रमण बढ्दो, २४ घण्टामा ७ सय नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं: भारतमा दिनप्रतिदिन कोरोना भाइरसको संक्रमण बढ्दो छ । शुक्रबार बिहानसम्म भारतमा ६ हजार ४ सय १२ जनामा कोरोना पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९९ पुगेको छ । सबैभन्दा बढी महाराष्ट्रमा १३ सय ६४ जनामा संक्रमण देखिएको छ। जसका कारण महाराष्ट्र अझ बढी त्रसित बनेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७ सय बढी संक्रमित फेला परेका छन्। मध्यप्रदेशमा एक जना चिकित्सकको समेत मृत्यु भएको छ भने त्यहाँ कयौं स्वास्थ्यकर्मी समेत संक्रमित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
योसँगै उपचारपछि निको भएर घर जानेको संख्या ५ सय ४ रहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि भारत सरकारले ३ साताकालागि लकडाउन गरेको छ । यद्यपी संक्रमित भने बढिरहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा