प्रसूति सेवामा कुनै समस्या छैन : भरतपुर अस्पताल
हेल्थ टिभी अनलाइन\चितवन : भरतपुर अस्पतालले स्त्री तथा प्रसूति उपचारका लागि आफू सुरक्षित रहेको दाबी गरेको छ। स्त्री तथा प्रसूति विभागका प्रमुख डा. सुनिलमणि पोखरेलले विभाग छुट्टै भवनमा भएकाले अस्पतालमा प्रसूतिसेवा पूर्णरूपमा सुरक्षित रहेको दाबी गरे।
पोखरेलले लकडाउनका कारण सुत्केरी गराउन अस्पताल आउनेको संख्या केही कमी भएको जानकारी दिए। अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी प्रसूति सेवा प्रदान गर्न कुनै समस्या नभएको बताए। अस्पतालको प्रसूति रोग विभागमा १४ विशेषज्ञ चिकित्सक तथा ८० नर्स तथा स्वास्थ्यकर्मी रहेका छन्।
काठमाडौंको परोपकार प्रसूति गृहपछि भरतपुर अस्पतालमा धेरै प्रसूति गराउने गरेको तथ्यांक छ। भरतपुर अस्पताल गतवर्ष केन्द्रीय अस्पताल बनेको हो। सो अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्छन्। हरेक वर्ष अस्पतालमा तीन लाखभन्दा बढीले सेवा लिएको जनाइएको छ। अस्पतालमा ६०० श्यया छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित