प्रदेश २ मा पाँच अस्पतालको स्तरोन्नति हुने
हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना महामारी नियन्त्रणका लागि प्रदेश २ सरकारले विभिन्न पाँच अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को बिहीवारको बैठकले पर्साको पोखरिया, धनुषाको डुमरिया र सप्तरीको भारदहस्थित अस्पताललाई जिल्ला अस्पतालका रूपमा स्तरोन्नति गर्ने निर्णय गरेको हो। ती अस्पताल ५०\५० शय्याका रहने मन्त्रिपरिषद्ले निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए।
त्यसैगरी बाराको कलैयास्थित जिल्ला अस्पताल र महोत्तरीको जलेश्वरस्थित अस्पताललाई विशेष अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरिएको छ। यसका साथै नेपाल प्रहरीको मनोबल उच्च गर्न र न्युनतम आवश्यकता पूर्ति गर्ने उद्देश्यले प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयलाई पाँच\पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ।
प्रदेशमा रहेका पाँच कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका हुँदा कोरोनाबाट जोगिने उपाय अवलम्बन गर्न प्रत्येक कारागारलाई २०÷२० लाख रुपैयाँ उपलब्ध गराउने मन्त्रिपरिषद्ले बैठकले निर्णय गरेको हो।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त