कोरोना अपडेट : हालसम्म २ हजार ८ सय ९५ जनाको नमुना परीक्षण, १ सय १७ जना आइसोलेसनमा
७ हजार ९ सय ४० जना क्वारेन्टाइनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले कोरोना आशंकामा हालसम्म २ हजार ८ सय ९५ जनाको नमुना परीक्षण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त कुरा बताएका हुन्।
डा देवकोटाले २४ घण्टामा कुनै पनि नयाँ संक्रमण फेला नपरेको पनि जानकारी गराए । उनले आजै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ सय ९३ जनाको नमुना परीक्षण भइरहेको र साँझसम्म रिपोर्ट आउने जानकारी दिए । ‘यो संख्या पनि जोड्दा आजै नमुना परीक्षणको संख्या ३ हजार बढी पुग्नेछ, उनले भने ।’
हालसम्म देशैभरी कोरोना संक्रमणको जोखिममा रहेका ७ हजार ९ सय ४० जना क्वारेन्टाइनमा रहेका छन्। यसैगरी ११७ जना विभिन्न अस्पतालमा आइसोलेसनमा रहेका छन्। यसमध्ये १८ जना उपत्यकामा र ९९ जना उपत्यकाबाहिर रहेको पनि डा देवकोटाले जानकारी दिए ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम