स्वास्थ्य मन्त्रालयले प्रत्येक प्रदेशलाई दियो ५ हजार ‘र्यापिड डायग्नोस्टिक टेष्ट किट’
हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले सातैवटा प्रदेशमा ‘र्यापिड डायग्नोस्टिक टेष्ट किट’ दिएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त कुरा बताएका हुन्। उनले क्वारेन्टाइमा रहेका व्यक्तिहरुको नमुना परीक्षणका लागि प्रत्येक प्रदेशलाई ५ \५ हजारका दरले टेष्ट किट पठाएको जानकारी दिए ।
डा देवकोटाले कोरोनाको नमुना परीक्षणको दायरा फकाकिलो बनाउँदै सबै प्रदेशबाट नमुना परीक्षण गर्न सम्भव भएको बताए । उनले उपत्यका लगायत हाल १० स्थानबाट नमुना परीक्षण भइरहेको पनि जानकारी दिए । हालसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ र ८ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ । त्यसमध्ये २ हजार ३ सय ८२ जनाको उपत्यकामा र ५ सय १३ जनाको परीक्षण् उपत्यका बाहिर भएको हो ।
आजसम्म विभिन्न अस्पताल गरी १ सय १७ जना कोरोनाको आशंकामा आइसोलेसनमा रहेका छन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त