कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं: विश्वमै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ८८ हजार ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ । यसैगरी संक्रमित हुनेको संख्या १५ लाख १४ हजार नाघेको छ । योसँगै तीन लाख २९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।
पहिलोपटक चीनबाट फैलिएको भए पनि कोरोना संक्रमणका कारण सबैभन्दा बढी अमेरिकामा १४ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या चार लाख २७ हजार नाघेको बताइएको छ । युरोपको अवस्था पनि भयावह छ । इटलीमा १७ हजार ६ सय, स्पेनमा १४ हजार ८ सय र फ्रान्समा १० हजार आठ सयभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ ।
यसैगरी बेलायतमा हालसम्म ७ हजार १ सय, जर्मनीमा २ हजार १ सय, नेदरल्याण्डमा दुई हजार २ सय र बेल्जियममा दुई हजार २ सयभन्दा बढीले ज्यान गुमाएका छन् । इरानमा कोरोना संक्रमणबाट करिव ४ को मृत्यु भएको बताइएको छ ।
भारतमा संक्रमितको संख्या ५ हजार ९ सय नाघेको छ भने एक सय १४९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण विकसित देशलाई बढी प्रभाव पारेको देखिएको छ । नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ भने मृत्यु कसैको पनि भएको छैन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा