सबै जिल्लामा क्राइसिस म्यानेजमेन्ट सेन्टर
हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न ७७ जिल्लामा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) स्थापना गरेको छ ।
बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभर नै कोरोना रोकथाम र नियन्त्रण गर्न सेन्टर स्थापना गरेको जानकारी दिएका हुन्।
केन्द्रीय सीसीएमीबाट सशस्त्र प्रहरी बलको अस्पताल र छाउनीस्थित नेपाली सेनाको अस्पतालमा बिरामीलाई राख्ने व्यवस्था पूर्णरूपमा तयार भएको देवकोटाले जानकारी दिए। ती अस्पतालमा एक सयभन्दा बढी शय्या र छ वटा सघन उपचार कक्ष (आईसीयू) तयारी अवस्थामा राखिएको छ।
यसैगरी उहाँले आठ संक्रमितका आफन्त, परिवार र साथीभाइको निगरानी (कन्ट्याक ट्रेसिङ) सकिसकेको जानकारी दिइएको छ। बुधवारसम्म दुई हजार ३६६ नमुना परीक्षण गरिएको छ तर नयाँ संक्रमित भेटिएको छैन।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम