‘कोरोना संक्रमितको उपचारमा खट्ने चिकित्सकको मनोबल बढाऊँ’
हेल्थ टिभी अनलाइन\काठमाडौं स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको उपचारमा खट्ने चिकित्सकलगायत सबैको मनोबल बढाउनुपर्ने बताएका छन्।
ज्योति ग्रुपले मंगलवार प्रदान गरेको अटोमेटिक ब्याकप्याक स्प्रेयर सामग्री बुझ्दै मन्त्री ढकालले कोरोनाविरुद्ध सम्पूर्ण मानवजाति एकताबद्ध भएर लड्नुपर्ने बताएका हुन्। विपद्का समयमा सरकारसँग हामी सँगै छौँ भनेर दिएको सहयोगका निम्ति उनले धन्यवाद दिए।
ज्योति ग्रुपका निर्देशक एवं स्याकार ट्रेडिङ कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योतिले सामग्री मन्त्री ढकाललाइ हस्तान्तण गरेका हुन्। सो कम्पनीले दिएको होण्डा अटोमेटिक ब्याकप्याक स्प्रेयर सार्वजनिक स्थानहरूमा कीटनाशक औषधि छर्नका निमित्त उपयोगी हुनेछ।
ग्रुपले १० थान अटोमेटिक ब्याकप्याक स्प्रेयरको सात लाख रुपैयाँ पर्ने जनाइएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा