कोरोना भाइरस संक्रमितका लागि दुई हजार एम्बुलेन्स
हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र जोखिम नियन्त्रणका लागि मुलुकभरका एक हजार ९३९ एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।
कोभिड–१९ को संक्रमण, रोकथाम सम्बन्धमा उपप्रधानमन्त्री एवं रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको मंगलवारको बैठकले यस्तो निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय र एम्बुलेन्स सञ्चालक संस्थामार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागि यो संख्यामा एम्बुलेन्स तयारी अवस्थामा रहने गरी व्यवस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए।
बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण गर्ने सन्दर्भमा बढी प्रभावको शंका गरिएको कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा शङ्कास्पद व्यक्तिको द्रुतगतिमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने निर्णय गरेको छ। समितिले अन्य रोगको संक्रमण रहेको डोटी, अछाम र जुम्लामा स्वास्थ्य उपचारसम्बन्धी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम