दिल्लीमा ३० हजार कोरोना संक्रमितको उपचार गर्न सकिने
भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना भाइरस संक्रमित ३० हजार व्यक्तिलाई उपचार सेवा दिनेगरी तयारी पूरा भएको बताएका छन्।
यसका लागि विभिन्न अस्पतालका आठ हजार शय्या, व्यवस्थित होटेलका १२ हजार कोठा, र व्याङ्क्वेट हल र धर्मशालामा १० हजार गरी ३० हजार बिरामीलाई उपचार सेवा दिने प्रबन्ध मिलाइएको उताए।
‘गम्भीर प्रकृतिका बिरामीलाई र ५० वर्षमाथिका विरामीको उपचार अस्पतालमा नै राखेर गरिनेछ’, उनले भने, ‘कोरोना संक्रमणको सामान्य लक्षण भएका ५० वर्षमुनिका बिरामीलाई सम्पूर्ण स्वास्थ्य सुविधा उपलब्ध रहेका होटेल र धर्मशालामा राखिनेछ।’
बिरामीका लागि आवश्यक पर्ने ४०० भेन्टिलेटर र एक हजार २०० अक्सिजन दिने सुविधा भएका शय्याको आवश्यक पर्ने चिकित्सकको सुझाव अनुसार दिल्लीमा यसको पूर्णतया प्रबन्ध मिलाएको, सफाइ र पीपीई प्रबन्ध गरेको उनले बताए।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम