‘आफ्नो, परिवारको र समुदायको सुरक्षाका लागि नियम पालना गर्नुहोस्’
हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वघोषणा गरेर जनप्रतिनिधिहरू र स्वास्थ्यकर्मीको सम्पर्कमा जान विदेशबाट फर्किएकाहरूलाई आग्रह गरेका छन्।
सोमवार राष्ट्रका नामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपयले क्वारेन्टाइनमा बस्न गरिएको आग्रहलाई ध्यान नदिएको भन्दै यस्तो आग्रह गरेका हुन्। ‘स्वघोषणा गरेर जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सम्पर्कमा जानुहोस्’, उनले आग्रह गरे, ‘तपाईँहरूको लापरवाही स्वयं परिवार र समुदायका लागि महँगो पर्नसक्छ।’
सम्बोधनका क्रममा ओलीले कोरोना संक्रमणको महामारीबाट देश र जनतालाई सुरक्षित राख्न सरकार लागिपरेको बताए। उनले नेपाल–भारत सीमानजिक आइपुगेका नेपालीहरूले भोग्नुपरेको अप्ठ्यारोलाई सरकारले बुझेको बताए।
सङ्क्रमणको जोखिमलाई न्यून गर्न अन्तर्राष्ट्रिय सीमामा आवतजावत बन्द गर्नैपर्ने बाध्यता रहेको उनको भनाइ छ। सीमा क्षेत्रको क्वारेन्टाइनमा रहेका नेपालीहरूलाई निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर भित्र्याउने ओलीले बताए।
ओलीले स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णयको बचाउ पनि गरे। अहिले सबैभन्दा चुनौती स्वास्थ्य उपकरणहरूको आपूर्ति भएको उनले बताए।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त