Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बझाङमा हजारौंद्वारा लकडाउन उल्लघंन, जनप्रतिनिधि चुपचाप, स्थानीय प्रशासन मुकदर्शक

गाउँपालिका अध्यक्ष नै मेलामा सरिक

बझाङमा हजारौंद्वारा लकडाउन उल्लघंन, जनप्रतिनिधि चुपचाप, स्थानीय प्रशासन मुकदर्शक

कल्पना आचार्य\काठमाडौं  : कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले समय थप्दै तेस्रो साताका लागि लकडाउन गरेको छ । राजधानीलगायतका मुख्य सडकहरुमा बाटोमा हिंड्न समेत दिइएको छैन्। तर सोमबार बझाङको एउटा मेलामा जम्मा भएका झण्डै ४ हजार बढी मानिसले सरकारले गरेको लकडाउनको धज्जी उडाएका छन्।

सोमबार सदरमुकाम चैनपुरबाट ३५ किलोमिटर पश्चिमउत्तर छबीस पाथीभरा गाउँपालिकास्थित बान्नाकी चैतली  मेलामा उक्त गाउँपालिकाका अध्यक्ष अक्कल धामीसहित हजारौं स्थानीय सहभागी भएका थिए । धामी आफै उक्त मन्दिरका पुजारी समेत भएको बताइएको छ ।

मेलाका नाममा एकै स्थानमा झण्डै ४ हजार बढी मानिस जम्मा हुँदासमेत स्थानीय निकायले केही गर्न सकेन मात्र हैन मुकदर्शक बन्यो । बझाङमा वर्षमा एकपटक ठुलो मेला लाग्ने गर्दछ । जसलाई उनीहरु बान्नीको  चैतली भन्ने गर्छन्। जसमा टाढा टाढा गएका मानिसहरु पनि गाउँ फर्केर आउने गर्छन्। सोमबार भएको मेलामा लकडाउनको बेवास्ता गर्दै हजारौ मानिस सरिक भए। सरकारले घरबाहिर पनि ननिस्कन आदेश दिएकाबेला उता बझाङका स्थानीय भने मेलामा सरिक मात्र भएनन् उनीहरु बिच प्रतिष्पर्धात्मक खेल समेत भयो ।

मेलामा तल्लो छबीस र माथिल्लो छबीस गाउँका मानिसहरुवीच प्रतिष्पर्धात्मक खेल हुने गर्छ । उक्त खेलमा छालाको भकुण्डो बनाई खेल्ने चलन छ । जसमा कसले जित्ने भन्ने ठुलो प्रतिष्पर्धा हुनेगर्छ । सोमबार सोही प्रतिष्पर्धा हेर्न हजारौं मानिस जम्मा भए ।

 

गैर जिम्मेवार प्रमुख जिल्ला अधिकारी

मेलामा धार्मिक आस्था जोडिएका हुनाले प्रमुख जिल्ला अधिकारी अशोक पाण्डेले  रोक्न नसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएका छ्न्। सोचौं यस भेलामा एक जनामात्र पनि कोरोना संक्रमण भएका व्यक्ति रहेछन भने स्थिति के होला ? हालै भारतका विभिन्न स्थानबाट फर्किएका मध्ये ६८ जना बझाङका छन्। नदीमा हाम फाली, लुकीछिपी घर फर्किनेको यकिन तथ्याकं प्रदेश र स्थानीय सरकारसँग छैन्।

यो मेलामा जुन भिड देखिएको छ यसलाई रोक्न न त स्थानीय प्रशासनले आफनो जिम्मेवारी ठान्यो न त जनप्रतिनिधिले । यो मेलामा उल्टो गाउँपालिका अध्यक्ष नै सरिक भए । यसले के देखाउँछ भने संघीय सरकारले न त प्रदेश सरकार, न त स्थानीय सरकारलाई संक्रमणका बारेमा बुझाउन सक्या,े न त उनीहरु जिम्मेवार नै भए । यो कारणले कोरोना समूदायमा गयो भने को जिम्मेवार हुने ? यो भिडले कतै इटलीको जस्तो स्थिति नल्याओस ।

बेखबर जनप्रतिनिधि र प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापा त्यही क्षेत्रका निर्वाचित प्रतिनिधि हुन। उनको पनि यसमा भूमिका शुन्य देखियो । त्यस क्षेत्रका नागरिकलाई सचेत गराउने, स्थानीय सरकारसँग समन्वय गर्ने, भिडभाड हुन नदिने, सामाजिक दुरी कायम गर्न भन्ने, संक्रमण फैलिन नदिने प्रशासन संयन्त्रलाई दुस्त चुरुस्त बनाउनेहरु यस घटनाबारे बेखबर छन्। कतिले थाहा पाएर पनि बेवास्ता गरे । सुदूरपश्चिमका मुख्यमन्त्रीे त्रिलोचन भट्टले आफना नागरिकका नाममा सम्बोधन गरेको तीन दिनमै यस्तो घटना हुनु सुदूरपश्चिमकै प्रदेश र स्थानीय सरकारबीच संवेदनशिलता र जवाफदेहिता शून्य छ भन्ने प्रमाण हो ।

संंक्रमण फैलिन नदिन मुख्य जिम्मेवारीमा रहेका जनप्रतिनिधिहरु त्यस क्षेत्रबाट निर्वाचित भई प्रदेश सभामा रहेका सभामुखलगायतले यस्ता घटनामा मुकदर्शक बन्नुले स्थिति भयावह देखिन्छ । सुदूरपश्चिमका नौ जिल्लामध्ये बझाङमा भारतबाट मात्रै हालै ६८ जना आएका छन्। अवैद्य तरिकाबाट कति आए भन्ने स्थानीय सरकारसँग तथ्यांक नै छैन ।

सुदूरपश्चिममा पहिलो लोकल ट्रान्समिसन
लोकल ट्रान्समिसनको पहिलो घटना पनि सुदूरपश्चिममै देखिएको बेला मेला जात्रा गर्नुले संक्रमण फैलिन सक्ने पक्का जस्तै छ । यो कुरा कसले बुझाउने हो ? को कहाँबाट कहिले आए भन्ने नै तथ्यांक नभएका बेला मेलाका नाममा स्थानीय प्रतिनिधि नै सहभागी भएर हुलमुल गर्नुले संक्रमण फैलिनमा टेवा पुगेको छ । बझाङका स्थानीय बुद्धिजिवी राजेन्द्र प्रसाद जोशीले मेलाका नाममा यस्तो संक्रमणको जोखिम भएका बेला भिड जम्मा हुनु दुखद भएको बताए । उनले भने, प्रत्येक वर्ष हुने मेला अर्को वर्ष गरे पनि हुने हो तर कसैले यस्तो सल्लाह दिएनन्।

यही विषयमा स्वास्थ्य मन्त्रालयका  प्रतिनिधिले आफूहरुले पनि सुनेको र बुझेर मात्र प्रतिक्रिया दिने बताए ।

फोटोहरु:  मानबहादुर बोहरा,बझाङ

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि