Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालयले सातवटै प्रदेशमा खटायो जनशक्ति

स्वास्थ्य मन्त्रालयले सातवटै प्रदेशमा खटायो जनशक्ति

हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक जनशक्ति पहिचान गर्न कर्मचारी खटाएको जनाएको छ ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयका ११ तहका कर्मचारी नेतृत्वमा टोली खटाई तीन दिनभित्र ती प्रदेशमा आवश्यक पर्ने जनशक्ति  सिफारिस गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको बताए।

‘सातवटै प्रदेशमा कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न कति कर्मचारी चाहिन्छ’, उनले भने, ‘ती कर्मचारीले त्यहाँ जनशक्तिको अभाव भए निजी अस्पताल तथा अन्तर सरकारी अस्पतालसँग समन्वय गर्ने, करार वा स्वयंसेवक राखी जनशक्ति बढाउन कर्मचारीलाई खटाइएको हो।’

यसैगरी चैत महिनामा विदेशबाट आएका उपत्यकामा मानिसको पनि उपत्यकामा रहेका स्थानीय तहको समन्वयमा नमुना परीक्षण गरिने उनले जानकारी दिए। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा नमुना संकलन गरी परीक्षण गर्ने उपत्यकामा स्थानीय तहका प्रमुख र वडाअध्यक्षले समन्वय गर्ने उनले बताए।

यसैगरी कोभिड–१९ का लागि १० वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिने भएको छ। उनका अनुसार मन्त्रालयले चार, राष्ट्रिय एम्बुलेन्स सेवाले पाँच र काठमाडौँ महानगरपालिकाले एक एम्बुलेन्स तयारी अवस्थामा राखेका छन्।

प्रवक्ता डा. देवकोटाले १४ दिनपछि पनि कोभिड–१९ पोजेटिभ देखिएकाले अझै क्वारेन्टाइनमा बस्न आग्रह गरे। उनले कैलाली, कञ्चनपुर र बाग्लुङमा विदेशबाट आएका सबैको मंगलवारदेखि ‘र्यापिड डाइगोनोष्ट टेष्ट’ गर्ने बताए।

सोमवारदेखि धुलिखेल, भरतपुर र भैरहवामा नमुना परीक्षण गर्न थालिएको छ। अहिले उपत्यकासहित १० ठाउँमा नमुना परीक्षण भइरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार