Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतमा कोरोना संक्रमितको संख्या चार हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या चार हजार नाघ्यो

भारतमा पछिल्ला केही दिनमा कोरोना संक्रमितको संख्या बढेको छ। यससँगै भारतमा सोमवार बिहानसम्म संक्रमितको संख्या ४ हजार ६७  पुगेको बताइएको छ ।

भारतको स्वास्थ्य तथा परिवारकल्याण मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ पछिल्लो १२ घण्टामा कम्तीमा पनि ४९० जनामा संक्रमण देखिएको छ।

साथै भारतमा कोरोनाको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ। सोमबारसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या १३२ पुगेको सो मन्त्रालयले जानकारी दिएको छ।

यी संक्रमितमध्ये उपचारको क्रममा २९२ जना भने उपचार गरी घर फर्किएका छन्। अरु तीन हजार ६६६ जना भने उपचाररत रहेका छन्। उनीहरू केही अस्पताल त केही आफ्नो घरमा नै निगरानीमा रही उपचार गराइरहेका छन्।

भारतमा विस्तारै यसको प्रकोप बढ्न थालेको महशुस गरिएको छ। भारतका अरु राज्यको तुलनामा महाराष्ट्रमा संक्रमित बढेको देखिएको छ।

महाराष्ट्रमा मात्र ६९० जना संक्रमित भेटिएका समाचारमा जनाइएको छ। त्यसैगरी त्यसपछि सबैभन्दा धेरै बिरामी तमिलनाडुमा छन्। त्यहाँ ५७१ जना बिरामी छन् भने नयाँ दिल्लीमा ५०३ बिरामी छन्।

भारतमा दुई हप्तायता देशैभर लकडाउनको घोषणा गरिएको छ। जसका कारण त्यहाँको जनजीवन निकै प्रभावित भएको बताइएको छ। तर यता दिनप्रतिदिन नयाँ संक्रमितहरु थपिँदै जान थालेपछि भने यो लकडाउनको अवधि पनि थप लम्ब्याउन सकिने देखिएको बताइएको छ।

 

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि