कोरोना रोकथाममा खटिने महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिइने
हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रति व्यक्ति एक पटक १ हजार ५ सय रुपैयाँ प्रोत्साहन भत्ता उपलव्ध गराउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहमा रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई क्वारेन्टाइनमा रहेका मानिसले नियम पालना गरे नगरेको अनुगमन गर्ने साथै यससम्बन्धी जनचेतना जगाउन सहयोगी भूमिका खेले वापत उक्त प्रोत्साहन भक्ता दिन लागेको जनाएको छ ।
आइतबार कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिले देशभर रहेका स्वास्थ्य स्वयंसेविकाहरुलाई कोरोना रोकथामको अभियानमा सरिक गराउने निर्णय गरेको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा