कोरोना अपडेट : १०७ जना आइसोलेसनमा, ९ हजार बढी क्वारेन्टाइनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं: कोरोना आशंकामा देशभरीका विभिन्न अस्पतालमा १०७ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उपत्यका लगायतका अन्य अस्पतालमा १०७ जना आइसोलेसनमा उपचारमा रहेको बताएका हुन्।
ती मध्ये ८ जना भने संक्रमित रहेका छन। देवकोटाले १२ जना उपत्यकामा र ९५ जना उपत्यकाका विभिन्न अस्पतालमा आइसोलेसन वार्डमा रहेको जानकारी दिए । यसैगरी देशभरी कोरोना प्रभावित देशहरुबाट आएका र उनीहरुका परिवार समेत गरी ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेको पनि उनले जानकारी दिए ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले कोरोनाको नमुना परीक्षण थप तीन स्थानबाट शुरु गरेको उनले बताए । भरतपुर, धुलिखेल र भैरहवामा पनि आजैबाट कोरोनाको नमुना परीक्षण शुरु भएको छ ।
योसँगै संक्रमित फेला परेका र उच्च जोखिममा रहेका कैलाली, कञ्चनपुर र बाग्लुङमा र्यापिड टेष्ट किट मार्फत परीक्षण शुरु गर्न पहल भइसकेको र छिटै शुरु हुने उनले बताए ।आजका मितिसम्म १ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गरिएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम