नर्भिक अस्पतालले ६० लाख बराबरको मेडिकल सामग्री स्वास्थ्य मन्त्रालयलाई दियो
हेल्थ टिभी अनलाइन \काठमाडौं: थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६० लाख मुल्य बराबरको मेडिकल सामग्री हस्तान्तरण गरेको छ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अस्पतालका प्रतिनिधिले उक्त मेडिकल सामग्री हस्तान्तरण गरेका हुन्।
अस्पतालले पीपीई एक हजार थान, थ्रीएम एन ९५ मास्क २ हजार थान, सर्जिकल मास्क ४८ हजार थान मन्त्रालयलाई दिएको हो। यी सबै सामग्रीको लागत ६० लाख रुपैयाँ बराबर रहेको अस्पतालले जनाएको छ।
योसँगै अस्पतालले चैत मसान्तसम्म आफनो अस्पतालमा उपचाररत सबै बिरामीलाई २० प्रतिशत छुट समेत दिने जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा