Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना संक्रमण भएर क्वारेन्टाइनमा रहेका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

कोरोना संक्रमण भएर क्वारेन्टाइनमा रहेका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

हेल्थ टिभी अनलाइन\ काठमाडौं : बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएका छन्। उनी अस्वस्थ भएर अस्पताल भर्ना भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

आइतवार साँझ उनलाई उच्च ज्वरो आउने र असहज महशुस गरेपछि लन्डन अस्पतालमा पुर्‍याइएको हो। उनका चिकित्सकहरुके सुझावपछि यो कदम सावधानीको रुपमा चालिएको बताइएको छ।

सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर उनी बिरामी परेपछि सोमवार बिहान हुने कोरोनाभाइरससम्बन्धी बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने ठानिएको छ।

डाउनिङ्ग स्ट्रीटले निकालेको विज्ञप्तिमा भनिएको छ चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राती परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ।

कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको हो।

प्रधानमन्त्री कार्यालयकी प्रवक्ताले प्रधानमन्त्रीले राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका सबै कर्मचारीहरूलाई उनीहरूको कडा परिश्रमका लागि धन्यवाद दिएका छन् र सर्वसाधारणलाई घरभित्रै सुरक्षित बस्न सरकारले दिएको सुझाव मान्न पनि भनेका छन्।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन