चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउने मानिसको सम्झनामा मौनधारण
हेल्थ टिभी अनलाइन\ काठमाडौं: चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउने व्यक्तिको सम्झनामा तीन मिनेट मौनधारण गरिएको छ ।
कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरूको सम्मान गर्दै उनीहरुको सम्झनामा चीनमा देशैभरिका मानिसहरूले जहाँ छन् त्यही रोकिएर आफ्नो शिर झुकाएका छन्। त्यतिबेला साइरन तथा हर्न पनि बजाइएको थियो।
चीनमा गत डिसेम्बर महिनामा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएयता कोरोनाका कारण अहिलेसम्म ३,३०० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ।
देशव्यापी रुपमा मौनधारण कोरोनाभाइरसविरुद्ध सङ्घर्षका क्रममा ज्यान गुमाएका १४ जना स्वास्थ्यकर्मीलाई सम्मान गर्ने अवसर पनि भएको चीनले बताएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा