Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

तीन जिल्लामा ‘र्‍यापिड टेस्ट’ प्रक्रिया अघि बढाउने सरकारको निर्णय

तीन जिल्लामा ‘र्‍यापिड टेस्ट’ प्रक्रिया अघि बढाउने सरकारको निर्णय

हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले तीन जिल्लामा कोरोना भाइरसलक्षित ‘र्‍यापिड टेस्ट’ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। कैलाली, कञ्चनपुर र बाग्लुङमा ‘र्‍यापिड टेस्ट’ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

कैलालीका दुई र कञ्‍चनपुरका एकजनामा कोरोना संक्रमण देखिएपछि शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। बागलुङका दुईजनामा पनि स‌ंक्रमण देखिएको थियो।

सरकारले कोरोना संक्रमण रोकथाम प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय प्रभावकारी बनाउने पनि निर्णय गरेको छ। त्यसैगरी स्वास्थ्यकर्मीहरूको मनोबल वृद्धि गर्न प्रोत्साहन भत्ताको व्यवस्था र सुरक्षाका उपकरण यथासम्भव छिटो उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।

बैठकले एक स्थानीय तहदेखि अर्को स्थानीय तह, एक जिल्लादेखि अर्को जिल्ला र एक प्रदेशदेखि अर्को प्रदेशसम्म आवातजावतमा पूर्ण रोक लगाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता डा‍. युवराज खतिवडाले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि