तीन जिल्लामा ‘र्यापिड टेस्ट’ प्रक्रिया अघि बढाउने सरकारको निर्णय
हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले तीन जिल्लामा कोरोना भाइरसलक्षित ‘र्यापिड टेस्ट’ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। कैलाली, कञ्चनपुर र बाग्लुङमा ‘र्यापिड टेस्ट’ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
कैलालीका दुई र कञ्चनपुरका एकजनामा कोरोना संक्रमण देखिएपछि शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। बागलुङका दुईजनामा पनि संक्रमण देखिएको थियो।
सरकारले कोरोना संक्रमण रोकथाम प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय प्रभावकारी बनाउने पनि निर्णय गरेको छ। त्यसैगरी स्वास्थ्यकर्मीहरूको मनोबल वृद्धि गर्न प्रोत्साहन भत्ताको व्यवस्था र सुरक्षाका उपकरण यथासम्भव छिटो उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।
बैठकले एक स्थानीय तहदेखि अर्को स्थानीय तह, एक जिल्लादेखि अर्को जिल्ला र एक प्रदेशदेखि अर्को प्रदेशसम्म आवातजावतमा पूर्ण रोक लगाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम