‘लाइसेन्स खारेज गर्छौँ’ भन्ने मन्त्रालयको पत्रप्रति आयुर्वेद चिकित्सक संघको आपत्ति
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले महामारीका बेला उपचारमा सलंग्न हुने स्वास्थ्यकर्मीलाई हौसला बढाउनुको सट्टा उल्टोे कोरोना लगायत अन्य उपचारमा बाधा पुर्याउने चिकित्सक तथा स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स खारेज गर्ने भनेको भन्दै आयुर्वेद चिकित्सक संघले आपक्ति जनाएको छ ।
संघले शनिवार विज्ञप्ति निकाल्दै सरकारले उपचारमा बाधा पुर्याउने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धम्कीपूर्ण भाषामा लाइसेन्स खारेज गर्छौ जस्तो गैरजिम्मेवारपूर्ण परिपत्र गरेकोमा आपत्ति जनाउँदै सच्याउन माग समेत गरेको छ ।
संघका अध्यक्ष डा प्रकाश ज्ञवालीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘बिरामीको संपर्कमा आउने चिकित्सक तथा आयुर्वेद स्वास्थ्यकर्मीले बिरामीको नजिक जानु अघि पुर्ण रुपमा पीपीई प्रयोग गर्नु पर्ने हुन्छ। ती सामग्रीहरुलाई सम्पूर्ण स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने दायित्व निर्वाह नगरी उल्टै चिकित्सक र स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने पत्राचार गर्नु आपत्तिजनक छ । यस्तो विवादास्पद निर्णय अविलम्व सच्च्याउन तथा सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च गराउन तर्फ लाग्न यस संघ जोडदार माग गर्दछ ।’





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित