Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतमा बने दुई कोरोना ‘डेडिकेटेड’ अस्पताल

भारतमा बने दुई कोरोना ‘डेडिकेटेड’ अस्पताल

संक्रमितको संख्या दिनप्रतिदिन बढेपछि भारतको नयाँ दिल्लीस्थित दुई अस्पताल लोकनायक जयप्रकाश र जीबी पन्त अस्पताललाई कोरोना भााइरसको उपचार गर्ने डेडिकेटेड अस्पताल बनाइएको छ।

आगामी सोमबारदेखि ती अस्पतालमा कोरोनाका बिरामीको मात्र उपाचार गर्ने गरी यो व्यवस्था गरिएको समाचारमा जनाइएको छ।

अरु अस्पतालमा बिरामी लैजाँदा उनीहरूबाट अरुलाई पनि सर्ने भएकोले कोरोना भाइरसका मात्र बिरामीको उपचार गर्नेगरी ती अस्ताल स्थापना गर्न लागिएको बताइएको हो।

यी दुई अस्पतालमा एकैपटक दुई हजार जनाको उपाचार गर्न मिल्नेगरी पूर्वाधार बनाइएको छ। साथै उक्त एलएनजेपी अस्पताललाई कोभिड १९ व्यवस्थापन केन्द्रका रूपमा विकास गर्ने सरकारले जनाएको छ।

अस्पतालका निर्देशक डा.जेशी पसाइले मेडिकल सामग्रीको आपूर्ति र अरु व्यवस्थापकीय काममा ढिला नगरी उपचार अघि बढाउने बताए।

यी दुई अस्पताललाई नै डेडिकेटेड अस्पतालका रूपमा विकास गरिएकोले अब उपचार र कोभिड १९ सम्बन्धी अन्य व्यवस्थापनका लागि पनि सजिलो पर्ने उनको भनाइ छ।
हाल यो अस्पतालमा २९० उपचाररत रहेकामा कोरोना भाइरसका मात्र ११० बिरामी छन्। भारतमा पछिल्लो समयमा कोरोना भाइरसका बिरामी बढ्दै गएको बताइएको छ। करिब २ हजार ९०० संक्रमित भेटिएका छन्।

भारतमा पछिल्लो २४ घण्टामा मात्र ३५५ जना नयाँ संक्रमित आएका पनि सरकारले जनाएको छ। हाल भारतभर लकडाउन छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन