नेपालमा एकैदिन थप तीन जनामा कोरोना संक्रमण, तीनै जना सुदूर पश्चिम प्रदेशका
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा एकै दिन तीन जना कोरोना संक्रमित थपिएका छन्। धनगढीका कोरोना संक्रमित युवकका भाउजु नाता पर्ने महिलालाई कोरोना संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले पुष्टि गरे ।
यसैगरी लम्की कैलालीका एक पुरुषमा पनि कोरोना पोजेटिभ पाइएको छ। २१ बर्षीय पुरुष केही समय अघि भारतको मुम्बईबाट नेपाल आएका हुन् ।
नवौँ संक्रमित कञ्चनपुरका ४१ बर्षीय पुरुष हुन्। उनी पनि भारतबाट नै नेपाल आएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा