Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा एकैदिन थप तीन जनामा कोरोना संक्रमण, तीनै जना सुदूर पश्चिम प्रदेशका

नेपालमा एकैदिन थप तीन जनामा कोरोना संक्रमण, तीनै जना सुदूर पश्चिम प्रदेशका

हेल्थ टिभी अनलाइन \काठमाडौं:  नेपालमा एकै दिन तीन जना कोरोना संक्रमित थपिएका छन्। धनगढीका कोरोना  संक्रमित युवकका भाउजु नाता पर्ने महिलालाई कोरोना संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले  पुष्टि गरे ।

यसैगरी लम्की कैलालीका एक पुरुषमा पनि कोरोना पोजेटिभ पाइएको छ। २१ बर्षीय पुरुष केही समय अघि भारतको मुम्बईबाट नेपाल आएका हुन् ।

नवौँ संक्रमित कञ्चनपुरका ४१ बर्षीय पुरुष हुन्। उनी पनि भारतबाट नै नेपाल आएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि