Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सर्वोच्च अदालतले सरकारलाई सोध्यो, उपचार नगर्ने स्वास्थ्य संस्थालाई के हुँदैछ?

सर्वोच्च अदालतले सरकारलाई सोध्यो, उपचार नगर्ने स्वास्थ्य संस्थालाई के हुँदैछ?

हेल्थ टिभी अनलाइन\काठमाडौं : सर्वोच्च अदालतले उपचार गर्न आनाकानी गर्ने स्वास्थ्यसंथाको विवरण पठाउन सरकारलाई आदेश दिएको छ।

न्यायाधीश हरिप्रसाद फुयालको इजलासले शुक्रवार स्वास्थ्य संस्थाले उपचार सेवा प्रदान गर्न आनाकानी गर्ने अस्पताल तथा स्वास्थ्य संस्थाविरुद्ध सरकारले चालेका कदमबारे विवरण उपलब्ध गराउन सरकारका नाममा आदेश दिएको हो।

आदेशमा नियमितरूपमा स्वास्थ्य परीक्षण गर्न आउनेलाई फिर्ता पठाइएको वा परीक्षणको सुविधा निरन्तर भइरहेको वा नभएको बारेमा विवरण पठाउन भनिएको छ। स्वास्थ्य सेवाको नियमित प्रवाह भए नभएको, कोरोना भाइरसको परीक्षण गराउन चाहनेका लागि सजिलैसँग परीक्षण गर्ने व्यवस्था भए नभएको बारेमा पनि अदालतले विवरण माग गरेकोे छ।

आदेशमा यस्ता विवरण मन्त्रालयका प्रवक्ता र स्वास्थ्य सेवा विभागका महानिर्देशकले तोकेको प्रतिनिधिलाई यही चैत २३ गते लिएर उपस्थित हुन भनिएको छ। संक्रामक रोगको महामारी भएको वा हुनसक्ने प्रवल सम्भावना भएको अवस्थामा नागरिकको जीवन रक्षा गर्नु राज्यको दायित्वभित्र पर्ने पनि आदेशमा स्मरण गराइएको छ ।

अधिवक्ता मुकुन्दप्रसाद अधिकारीले विश्वभरि नै कोरोना भाइरस फैलिएर नेपालमा पनि देखा परेको तर सरकारले रोकथामका लागि उचित कदम नचालेको उल्लेख गर्दै उपयुक्त आदेश दिन माग गर्दै रिट निवेदन दायर गरेका थिए।

रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता रविनारायण खनाल र अधिवक्ता विकास भट्टराई, सुरेन्द्र थापा, धननञ्जय खनाल, अनन्तराज लुइँटेल, कीर्तिनाथ शर्मा, अम्बरबहादुर राउत, प्रतिभा उप्रेती, सन्तोष भण्डारीलगायतले बहस गरेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि