Health TV Online
Health TV Online

उत्तर कोरिया ‘कोरोना भाइरस फ्री!’

उत्तर कोरिया ‘कोरोना भाइरस फ्री!’

एकजना पनि बिरामी नभेटिएको भन्दै उत्तर कोरियाले कोरोना फ्री घोषणा गरेको छ।

संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने देशमा कोरोना भाइरस संक्रमण नभएको बताएको हो। उत्तर कोरियाका एकजना स्वास्थ्य अधिकारीले  देशमा आजसम्म कोही पनि यसका संक्रमित नभेटिएको बताए।

उत्तर कोरियाले छिमेकी चीनमा गत जनवरीमा कोरोना भाइरसको प्रकोप बढेको समाचारआएपछि आफ्ना सबै सीमा बन्द गरेको थियो । सीमा बन्द गरेर देशभित्र पनि यसबाट बच्ने उपायका बारेमा कडा कानुनहरू लागू गरेको बताइएको छ ।

उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले उत्तर कोरियाले अपनाएका कडा कानून र मापदण्डका कारण उत्तर कोरिया यो सङ्क्रमणबाट बच्न सफल भएको प्रतिक्रिया दिए।

तर दक्षिण कोरियामा रहेका एक अमेरिकी सैन्य कमाण्डर जनरल रोबर्ट अब्रामले भने आफूले उत्तर कोरियामा कोरोना भाइरसको एक बिरामी भएको थाहा पाएको बताएका छन्। गत महिना आफूले यस्तो समाचार थाहा पाएको उनको भनाइ छ।

थप समाचार