Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना उपचार कोषमा आज मात्रै एक अर्ब जम्मा

कोरोना उपचार कोषमा आज मात्रै एक अर्ब जम्मा

हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना स‌ंक्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा एक अर्बभन्दा बढी रकम जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीवार आयोजित समारोहमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव तथा कोषका सदस्य सचिव नारायणप्रसाद विडारीमार्फत कोषमा रकम जम्मा भएको जानकारी दिए।

नेपाल आयल निगमले ५० करोड, नेपाल दूर सञ्चार प्राधिकरण १५ करोड र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड १२ करोड दिएका छन्। यस्तै नेपाल फेडफरवार्डस् एसोसिएसनले सात लाख छ हजार १०१ रुपैयाँ दिएको छ।

नेपाल धितोपत्र बोर्डले तीन करोड, निक्षेप तथा कर्जा सुरक्षण कोषले तीन करोड र नेपाल स्टक एक्सचेञ्जले तीन करोड ५१ लाख दिएका छन्।

यस्तै नागरिक लगानी कोषले दुई करोड, क्लियरिङ र डिपोजिट कम्पनीले एक करोड ३५ लाख, बिमा समितिले पाँच करोड र राष्ट्रिय बिमा संस्थानले एक करोड दिएका छन्। यता कर्मचारी सञ्चय कोषले पाँच करोड, राष्ट्रिय बाणिज्य बैंकले एक करोड ८५ लाख र नेपाल बैंकर्स संघका तर्फबाट २० करोड रुपैयाँ रहेको छ।

अर्थमन्त्री डा‍. युवराज खतिवडाले कोष खडा गर्नेवित्तिकै ५० करोड राखेको भन्दै मन्त्रीहरूको एक महिनाको तलब राख्ने भएको निर्णय भएको दोहोर्याए। सबै सार्वजनिक संस्थान, निजी क्षेत्र, सामाजिक संस्था, व्यावसायिक जगत सबैलाई कोषमा सहयोग गर्न आह्वान गर्दै उनले कोष सञ्चालनसम्बन्धी कार्यविधि बनिसकेको हुनाले कोषको रकम पारदर्शी ढंगले प्रयोग हुने बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन