कोरोना उपचार कोषमा आज मात्रै एक अर्ब जम्मा
हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा एक अर्बभन्दा बढी रकम जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीवार आयोजित समारोहमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव तथा कोषका सदस्य सचिव नारायणप्रसाद विडारीमार्फत कोषमा रकम जम्मा भएको जानकारी दिए।
नेपाल आयल निगमले ५० करोड, नेपाल दूर सञ्चार प्राधिकरण १५ करोड र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड १२ करोड दिएका छन्। यस्तै नेपाल फेडफरवार्डस् एसोसिएसनले सात लाख छ हजार १०१ रुपैयाँ दिएको छ।
नेपाल धितोपत्र बोर्डले तीन करोड, निक्षेप तथा कर्जा सुरक्षण कोषले तीन करोड र नेपाल स्टक एक्सचेञ्जले तीन करोड ५१ लाख दिएका छन्।
यस्तै नागरिक लगानी कोषले दुई करोड, क्लियरिङ र डिपोजिट कम्पनीले एक करोड ३५ लाख, बिमा समितिले पाँच करोड र राष्ट्रिय बिमा संस्थानले एक करोड दिएका छन्। यता कर्मचारी सञ्चय कोषले पाँच करोड, राष्ट्रिय बाणिज्य बैंकले एक करोड ८५ लाख र नेपाल बैंकर्स संघका तर्फबाट २० करोड रुपैयाँ रहेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले कोष खडा गर्नेवित्तिकै ५० करोड राखेको भन्दै मन्त्रीहरूको एक महिनाको तलब राख्ने भएको निर्णय भएको दोहोर्याए। सबै सार्वजनिक संस्थान, निजी क्षेत्र, सामाजिक संस्था, व्यावसायिक जगत सबैलाई कोषमा सहयोग गर्न आह्वान गर्दै उनले कोष सञ्चालनसम्बन्धी कार्यविधि बनिसकेको हुनाले कोषको रकम पारदर्शी ढंगले प्रयोग हुने बताए।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त