स्वास्थ्य जाँच नगरी गाउँ प्रवेश गरे २५ हजार जरिवाना
हेल्थ टिभी अनलाइन\सिमकोट : उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–३ ले खगालगाउँमा स्वास्थ्य परीक्षण नगरी प्रवेश गरे २५ हजार रुपैयाँ जरिवाना गर्ने भएको छ।
कोरोना भाइरस संक्रमणविरुद्ध सचेत भएर सजगता अपनाउन र कोही संक्रमित व्यक्ति गाउँमा नआओस् भनेर नाम्खा ३ वडा कार्यालयले गाउँबासीलाई कोरोनाको संक्रमणबाट जोगाउन सो नियम बनाएको वडाध्यक्ष छेपाल लामाले बताए।
खगालगाउँमा बुधबारदेखि कुनै पनि नयाँ व्यक्तिलाई प्रवेश निषेध गरिएको छ । स्वास्थ्य परीक्षण नगरी गाउँ प्रवेश गरेको पाइएमा २५ हजार जरिवाना गराउने र परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा बस्न लगाइने निर्णय भएको वडाध्यक्ष लामाले बताए।
भारत वा काठमाडौँलगायत विभिन्न शहरबाट आएर बाँके, सुर्खेत, जुम्ला र मुगु हुँदै हुम्ला पुगेका स्थानीयवासी क्वारेन्टाइनमा नमान्ने गरेको पाइएको छ।
जिल्लाभर १०३ शय्याको क्वारेनटाइन निर्माण गरिएको छ। कोरोनाको जोखिम बढेपछि जिल्ला बाहिरबाट आएका सर्वसाधारण राख्न यहाँको स्थानीय सरकार र स्थानीय प्रशासनले जिल्लाका सातवटै गाउँपालिकामा क्वारेन्टाइन निर्माण गरिएको छ।
जिल्ला भित्रिएका ६८८ मध्ये २१ क्वारेटाइनमा रहेको बताइएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा