आज कोरोना पुष्टि भएकी बाग्लुङकी महिला छोरी भेट्न बेल्जियम गएकी थिइन्
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज कोरोना पुष्टि भएकी बाग्लुङकी ६५ वर्षकी महिला छोरी भेट्न बेल्जियम गएको खुल्न आएको छ ।
लामो समयदेखि बेल्जियममा रहेकी छोरी भेट्न गएकी महिलामा दमको समस्या बढेपछि निर्धारित समय भन्दा अगावै नेपाल आएको उनका आफन्तले बताए । महिला वृद्धा भएकाले आफन्त पर्ने युवतीसँगै साथ लगाएर उनलाई नेपाल पठाइएको पनि ती आफन्तले जिकीर गरे । केही दिन अघि मात्र ती युवतीमा कोरोना पोजेटिभ देखिएको छ । उनी अहिले उपचारमा छिन्।
उनी पाँचौ संक्रमित युवतीसँगको सिटमा बेल्जियमबाट चैत ४ मा कतार हुँदै बाग्लुङसम्म पुगेकी थिइन्। उनीसँगै आएकी युवतीमा कोरोना पोजेटिभ देखिएपछि वृद्धालाई पनि घरमै क्वारेन्टाइनमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घरमै रहेकी उनलाई धौलागिरी अस्पतालमा उपचारका लागि लाने तयारी भएको मन्त्रालयले जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम