टेकु अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ
हेल्थ टिभी अनलाइन \काठमाडौं: हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । उनीहरुको दोस्रोपटक कोरोना परीक्षण गरिएको थियो। दोस्रोपटक पनि कोरोना पोजेटिभ आएपछि उनीहरु अझै केही दिन अस्पतालमै बस्नुपर्नेछ ।
टेक अस्पतालमा उपचाररत दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । तर दोस्रो रिपोर्ट पनि पोजेटिभ आयो, अस्पतालका एक चिकित्सकले भने । ‘त्यसैले अर्को जाँच पुन दुइदिनपछि गरिनेछ उनले भने , त्यतिन्जेल उहाँहरु यहीं बस्नुपर्ने हुन्छ ।
चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीय युवतीमा र चैत ६ मा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा