सातवटै प्रदेशबाट कोरोनाको नमुना परीक्षण शुरु
हेल्थ टिभी अनलाइन\ काठमाडौं: उपत्यकाबाहिर कोरोना (कोविड- १९) नमुना परीक्षण शुरु भएको छ । । मंगलबार नै परीक्षणको लागि पीसीआर मेसिन आइपुगेपछि अब सातवटै प्रदेशमा नमुना परीक्षण धमाधम सुरु भएको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबारबाट नैपरीक्षण शुरु भइसकेको छ । अहिले धरानमा दैनिक १२ जनाको स्वाव परीक्षण शुरु गरिएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनालले बताए । अहिलेसम्म कसैमा पनि पोजेटिभ रिपोर्ट आएको छैन्।
यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले मंगलबारबाट नै स्वाव परीक्षण सेवा शुरु गरिएको जानकारी दिए । यसैगरी प्रदेश नं. २ को जनकपुर ,सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ५ को वुटवल र बागमती प्रदेशको हेडौडाबाट पनि बिहीबार अर्थात आजबाट कोरोना नमुना परीक्षण शुरु गर्ने काम हुन लागेको कोभिड -१९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा