सरकारले गर्यो ओम्नीसँगको स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले कोरोना उपचारका लागि सामान खरिद गर्न ओम्नी ग्रुपसँग गरेको सम्झौता रद्द गरेको छ।
मेडिकल उपकरण खरिद गर्ने सम्झौता बमोजिम सामान ल्याउन नकसकेपछि ठेक्का सम्झौता रद्द गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। बुधबार स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको मिडिया ब्रिफिङमा श्रेष्ठले यस्तो जानकारी दिएका हुन्।
सरकारले चैत ११ गते २४ घन्टे सूचना जारी गर्दै ओम्नी ग्रुपसँग औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता गरेको थियो। सोही सम्झौता अनुसार उसले पहिलो लटमा १० प्रतिशत मात्र सामान ल्याएको थियो । श्रेष्ठले सरकारले माग गरे बमोजिम समयमै सामान ल्याउन नसकेका कारण आजै सम्झौता रद्ध गरिएको बताए । उनले भने, ‘हामीलाई सामान तुरुन्त चाहिएको छ तर उसले दिन सकेन त्यसैले उक्त कम्पनीलाई कालोसूचीमा राखी धरौटी समेत जफत हुने गरी सम्झौता रद्द गर्ने निर्णय गरिएको हो ।’
उनले भोलि नै सामान खरिदका लागि प्रस्ताव आव्हान गर्ने समेत जानकारी दिए ।
कोरोना उपचारका लागि चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्री अत्यधिक महंगो भएको भन्दै सर्वत्र विरोध भएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा