चिकित्सकमाथि दुर्व्यवहार गरेको भन्दै डोल्पाका प्रमुख जिल्ला अधिकारीलाई कारवाहीको माग
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारी चिकित्सक संघ (गोदान) ले डोल्पा जिल्ला अस्पतालका चिकित्सक माथि दुर्व्यवहार गरेको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई कारबाहीको माग गरेको छ।
संघले डोल्पा जिल्ला अस्पतालका चिकित्सक माथि चैत १८ गते दुर्व्यवहार भएको भन्दै प्रमुख जिल्ला अधिकारी सुनारलाई कारबाहीको माग गरेको हो।
कोरोना रोकथामका विषयमा भएको छलफलका क्रममा अस्पतालका प्रमुख डा सिजन रावललाई कुनै पत्र वा अदालती प्रक्रिया बिना हिरासतमा राखेको भन्दै गोदानले आपत्ति जनाएको हो । गोदानले आज प्रेस विज्ञप्ति जारी गर्दै हिरासतमा रहेका डा रावललाई तत्काल रिहा गर्न समेत माग गरेको छ।
गोदानले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रजिअले अस्पतालका प्रमुख डा सिजन रावललाई विना कुनै पत्र वा अदालती प्रक्रिया तत्काल नै बलजफ्ती हिरासतमा राखेको, मोबाइल फोन जफत गरी सम्पर्कविहीन बनाएको र विना आधार मेडिकल जाँच गर्न आदेश दिएको आधारभूत मानव अधिकार समेतको ख्याल नगरी चालेको कदमको यो संघ घोर भत्सर्ना गर्दछ।’
यसैगरी विज्ञप्तिमा भनिएको छ, त्यतिमात्रै नभई अस्पतालका काममा ब्यस्त रहेका चिकित्सकलाई पनि उनले छलफलमा ढिला आएको भनदै अपमानजनक गाली गलौज गरेको उल्लेख छ ।
कोरोनाको महामारीका बेला उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुको सट्टा निरुत्साहित गरेको भन्दै गोदानले प्रमुख जिल्ला अधिकारी सुनारलाई तुरुन्त जिम्मेवारीबाट हटाई विभागीय कारबाही गर्नुपर्ने माग गरेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा