स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै स्वास्थ्यमन्त्री ढकाल विरुद्ध अख्तियारमा उजुरी
हेल्थ टिभी अनलाइन\ काठमाडौं: स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौडेलले बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।उनले मन्त्री ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चीनबाट स्वास्थ्य सामग्री ल्याउँदा बजार दरभन्दा कयौँ गुणा महँगोमा खरिद गरेको भन्दै उनी विरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।
पौडेलले अख्तियारको अनलाइनमार्फत उजुरी दिएको सामाजिक सञ्जालमार्फत सबैलाई जानकारी गराएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा