दिल्लीमा २४ घण्टामा थपिए २३ नयाँ संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं: भारतको राजधानी नयाँ दिल्लीमा गत २४ घण्टामा २३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्। योसँगै दिल्लीमा मात्रै कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ ।
भारतभर कोरोना संक्रमितको संख्या मंगलबारसम्म १ हजार ६ सय ५१ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरसका कारण ४८ जनाको मृत्यु भइसकेको छ ।
कोरोना संक्रमित भएर उपचार पछि निको भएर घर जानेको संख्या १ सय ५३ रहेको छ । भारत सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि तीन साताका लागि लकडाउन गरेको छ । लकडाउनका कारण सवारीसाधन, कलकारखाना, विद्यालय, व्यापार व्यवसाय ठप्प छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा