Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरससँग लड्न करारमा स्वास्थ्यकर्मी

कोरोना भाइरससँग लड्न करारमा स्वास्थ्यकर्मी

हेल्थ टिभी अनलाइन\मुगु : कर्णाली प्रदेश सरकारले प्रदेशका दश वटै जिल्लाबाट करारमा कर्मचारी भर्ना गर्ने भएकोे छ।

संघीय सरकारबाट प्राप्त स्वास्थ्य सामग्री हस्तान्तण गर्न मंगलवार मुगु पुगेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाविरुद्धको युद्ध लड्न कर्णाली प्रदेश सरकारले तीन महिनाका लागि करारमा स्वास्थ्य कर्मचारी भर्ना गर्न लागेको बताएका हुन्।

अझै सशक्त रूपमा कोराना भाइरसका विरुद्ध लड्न प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लामा रहेका स्वास्थ्य क्षेत्रमा अध्ययन गरी बेरोजगार  जनशक्तिलाई करारमा लिने उनले जानकारी दिए।

स्थानीयतहसँग समन्वय गरी प्रदेश सरकारले वडा स्तरमा सहयोगी समिति गठन गर्ने उल्लेख गर्दै उहाँले सो समितिले शंकास्पद बिरामीको पहिचान गरी क्वारेन्टाइनमा राख्ने मुख्यमन्त्री शाहीको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि