Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सर्वोच्च अदालतले निजी अस्पतालहरूलाई भन्यो, बिनाशर्त कोरोना संक्रमितको उपचार गर्नू

सर्वोच्च अदालतले निजी अस्पतालहरूलाई भन्यो, बिनाशर्त कोरोना संक्रमितको उपचार गर्नू

हेल्थ टिभी अनलाइन\काठमाडौं : सर्वोच्च अदालतले  बिनाशर्त कोरोना संक्रमितको उपचार गर्न निजी अस्पतालहरूलाई आदेश दिएको छ।

मंगलबार आदेश जारी गर्दै अदालतले कुनै पनि बहानामा कोरोना भाइरस संक्रमणको उपचार गर्नबाट पन्छिन नमिल्ने भन्दै उपचार गर्न आवश्यक व्यवस्था मिलाउन आदेश जारी गरेको हो।

सर्वोच्च अदालत बार एसोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेलसहितले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो।

‘कुनै पनि निजी स्वास्थ्य संस्थालाई कुनै पनि बहानामा कोरोना संक्रमणको उपचार गर्नबाट पन्छिन र यस उपचारको कार्यबाट विमुख हुने अधिकार रहेको देखिँदैन’,आदेशमा भनिएको छ, ‘त्यसैले निजी स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मका बेड, आईसीयू, भेन्टिलेटरसहित  कोरोना भाइरसका बिरामीको उपचार चाहिने आवश्यक व्यवस्था मिलाउनू।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन