Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना रोकथाम गर्न वागमती प्रदेशमा ५० करोडको कोष

कोरोना रोकथाम गर्न वागमती प्रदेशमा ५० करोडको कोष

हेल्थ टिभी अनलाइन\हेटौँडा : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसको सामना गर्न प्रर्याप्त तयारी गरेको बताएका छन्। मंगलवार प्रदेशवासीका नाममा सम्बोधन गर्दै पौडेलले आम नागरिकलाई सेल्फ क्वारेण्टाइनमा रहन आग्रह गरे।

मुख्यमन्त्री पौडेलले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि वागमती सरकारले ५० करोडको कोष स्थापना गरेको जानकारी दिए। कोषमा प्रदेश सरकारका मन्त्रिपरिषद्का सदस्यका साथै राजनीतिक नियुक्ति प्राप्त सबैले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको जानकारी दिए। कोषमा प्रदेश सदस्यले पारिश्रमिक उपलब्ध गराउने घोषणा भएको उनले बताए।

उनले प्रदेशभरमा ६३ आइसोलेसन शय्या, १४८ आईसीयू शय्या ६९२ थान पीपीईको प्रबन्ध भइसकेको जानकारी दिए। पौडेलले थप १७२ वटा आइसोलेसन शय्या तयारीको क्रममा रहेको र २३ वटा आईसीयू शय्या तयार हुँदै गरेको बताए।

संक्रमितको उपचारको लागि ७१ कन्सल्ट्याण्ट फिजिसियन, ३१ जना एनेस्थ्योलोजिस्ट, २५१ मेडिकल अफिसर र ३४ जना नर्सिङ सुपरभाइजर तयारी अवस्थामा राखिएको जानकारी दिइएको छ। यस्तै  ७१३ स्टाफ नर्स, ४७५ हेल्पर\नर्सका सहयोगी र १५७ ल्याबोरेटरी पर्सनल गरी एक हजार ७१४ स्वास्थ्यकर्मी तयारी अवस्थामा राखेको पौडेलले बताए।

स्थानीय सरकारको समन्वयमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि आवश्यक कार्य गर्न प्रदेश सरकारले काठमाडौँ महानगरपालिका, भरतपुर महानगरपालिका र ललितपुर महानगरपालिकालाई २०\२० लाख र हेटौँडा उपमहानगरपालिकालाई १५ लाख उपलब्ध गराउने भएको छ। ४१ वटै नगरपालिकालाई १२\१२ लाख, ७४ वटै गाँउपालिकालाई १०\१० लाख र १३ वटै जिल्ला विपद् व्यवस्थापन समितिका लागि १३ वटै जिल्ला समन्वय समितिमार्फत पाँच\पाँच लाख रकम विनियोजन गरिएको छ।

मुख्यमन्त्री पौडेलले चितवनमा भरतपुर महानगरपालिकामार्फत कोरोना विशेष अस्पताललाई एक करोड, चितवनकै रत्ननगर नगरपालिकामार्फत गुञ्जमान अस्पताललाई २० लाख, काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताललाई  २० लाख रकम तथा स्वास्थ्य सामग्री एवं उपकरण उपलब्ध गराई स्वास्थ्य सेवा सञ्चालन गरेको जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन