Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘एसियामा कोरोना स‌क्रमण नियन्त्रण प्रयास सन्तोषजनक, तर समय लाग्छ’

‘एसियामा कोरोना स‌क्रमण नियन्त्रण प्रयास सन्तोषजनक, तर समय लाग्छ’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसियामा कोरोना भाइरसको महामारीको अवस्था निश्चित मुलुकबाहेक अझै नियन्त्रणभन्दा टाढा रहेको बताएको हो।

चीन, दक्षिण कोरिया, सिङ्गापुर आदि देशले कोरोना भाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका विवरण आइरहेका समय डब्लुएचओका एक अधिकारीको यो भनाई सार्वजनिक भएको हो।

एसियाका क्षेत्रीय निर्देशक ताकेशी कासाईले अहिले एसियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोना भाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिएका छन्।

अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उनले भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एसियाली देशले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिए।

चीनमा पछिल्ला केही हप्ता नयाँ संक्रमण पुष्टि नगन्य मात्रामा आए पनि दक्षिण कोरिया, जापान, भारत, पाकिस्तानमा भने संक्रमित संख्या बढ्ने क्रममा रहेको छ।

चीनले भाइरस नियन्त्रणका लागि निकै कडा प्रतिबन्ध लगाएपछि पछिल्ला केही सातादेखि स्वदेशभित्र नै संक्रमितको संख्या करिब ‘शून्य’ झरेको यहाँका अधिकारीहरूले बताउँदै आएका छन्।

यसैबीच विश्व बैंकले पूर्वी एसियाको अर्थतन्त्र प्रभावित हुन थालेको भन्दै त्यसबाट मुक्ति पाउनै नसकिने पीडा उत्पन्न हुने चेतावनी दिएको छ ।

विश्व बैंकको पछिल्लो पूर्वानुमानअनुसार भाइरसका कारण पूर्वी एसिया क्षेत्रको पर्यटन, व्यापार र सरसामानमा आधारित अर्थतन्त्रमा ठूलो खतरा उत्पन्न हुने देखिएको छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन