Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यकर्मीलाई कोठा छोड्न दबाब दिए घर मालिकलाई कारबाही

स्वास्थ्यकर्मीलाई कोठा छोड्न दबाब दिए घर मालिकलाई कारबाही

हेल्थ टिभी अनलाइन\काठमाडौं : बहालमा बसिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोठा खाली गर्न दबाब दिने घर मालिकलाई सरकारले कारबाही गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा. खेम कार्कीले चिकित्सक र नर्सलाई घरमालिकले कोठा छोड्न भनेको भन्ने सुन्नमा आएको भन्दै त्यस्तो परिस्थिति आए स्थानीय प्रशासनलाई जानकारी गराउन आग्रह गरे।

विदेशबाट आएका केहीमा बाहेक अहिलेसम्म नेपालीमा संक्रमण नदेखिएको अवस्था छ’, उनले भने, ‘यस्तो वेला स्वास्थ्यकर्मीलाई घर छाड्न दबाब दिनु सामाजिक अपराध हो।’ कसैले यस्तो गरे प्रशासनमा उजुरी गर्न उनले सुझाव दिए। त्यस्ता घर मालिकलाई पहिलो चरणमा सम्झाउने र त्यसपछि पनि अटेर गरे कारबाही गर्ने चेतावनी उनले दिए।

डा. कार्कीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सही ढंगले प्रयोग गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे। ‘कोरोना संक्रमितको उपचारमा अत्यन्तै महत्त्वपूर्ण सामग्री गतल ढंगले प्रयोग नगर्नुस्’, उनले भने। पीपीई लगाएर स्वास्थ्यकर्मीले सामूहिक तस्वीर खिचाएको फोटो सामाजिक सञ्जालमा आएको भन्दै उनले त्यसो नगर्न आग्रह गरे।

पाँच मिनेटमा नै कोरोना परीक्षण गर्न सकिने भन्दै प्रचार गरिएको ‘र्यापिड टेस्ट किट’ विश्वसनिय नभएको उनले बताए। ‘विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्नु भनेर निर्देशन दिएको छ’, उनले भने, ‘त्यस्ता भ्रमपूर्ण प्रचारमा विश्वास नगर्नुस्।’

कोरोना संक्रमणबाट बच्न लकडाउन गरिएको स्मरण गराउँदै उनले व्यक्तिगत दूरी कायम राखी खेतीपाती, घाँसपात र गाईवस्तु चराउन मिल्ने स्पष्ट पारे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन