नेपालमा हालसम्म १ हजार ६० जनाको कोरोना परीक्षण, ५ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा हालसम्म ५ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ती मध्ये एक जना निको भएर घर गइसकेका छन् भने ४ जना आइसोलेसनमा उपचाररत छन्।
मंगलबार बिहानसम्म १ हजार ६० जना व्यक्तिमा कोरोना भाइरसको नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भने, ‘हालसम्म १ हजार ६० जनामा कोरोना परीक्षण गर्दा पुरानै ५ जनामा बाहेक अन्यमा संक्रमण नेगेटिभ आएको छ । यो हाम्रा लागि खुशीको कुरा हो ।’
स्वास्थ्य मन्त्रालयलले नमुना परीक्षणको दायरा फराकिलो बनाउँदै प्रत्येक प्रदेशबाट नमुना परीक्षण शुरु गर्न लागेको पनि उनले जानकारी दिए । आजको मितिसम्म टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० जना आइसोलेसनमा रहेको पनि उनले जानकारी दिए । यसैगरी ७७ जना कोरोनाको आशंकामा प्रदेशका विभिन्न अस्पतालमा आइसोलेसनमा रहेको पनि उनले बताए ।
डा देवकोटाले शुरुका दुई जना संक्रमितका आफन्त र नजिकबाट सम्पर्कमा आएकाहरुको पहिचान भइसकेको र उनीहरुकलाई होम क्वारेन्टाइनमा राखिएको भनदै पछिल्लो दुई जना संक्रमितको सम्पर्कमा आएकाको पनि ८० प्रतिशत पहिचान भइसकेको जानकारी दिए । उनले लकडाउनलाई पालना गर्दै कोरोना रोकथाम र नियन्त्रणमा सबैलाई सहयोग गरिदिन आग्रह समेत गरे ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा