Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा हालसम्म १ हजार ६० जनाको कोरोना परीक्षण, ५ जना संक्रमित

नेपालमा हालसम्म १ हजार ६० जनाको कोरोना परीक्षण, ५ जना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं:  नेपालमा हालसम्म ५ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ती मध्ये एक जना निको भएर घर गइसकेका छन् भने ४ जना आइसोलेसनमा उपचाररत छन्।

मंगलबार बिहानसम्म १ हजार ६० जना व्यक्तिमा कोरोना भाइरसको नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भने, ‘हालसम्म १ हजार ६० जनामा कोरोना परीक्षण गर्दा पुरानै ५ जनामा बाहेक अन्यमा संक्रमण नेगेटिभ आएको छ । यो हाम्रा लागि खुशीको कुरा हो ।’

स्वास्थ्य मन्त्रालयलले नमुना परीक्षणको दायरा फराकिलो बनाउँदै प्रत्येक प्रदेशबाट नमुना परीक्षण शुरु गर्न लागेको पनि उनले जानकारी दिए । आजको मितिसम्म  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० जना आइसोलेसनमा रहेको पनि उनले जानकारी दिए । यसैगरी ७७ जना कोरोनाको आशंकामा प्रदेशका विभिन्न अस्पतालमा आइसोलेसनमा रहेको पनि उनले बताए ।

डा देवकोटाले शुरुका दुई जना संक्रमितका आफन्त र नजिकबाट सम्पर्कमा आएकाहरुको पहिचान भइसकेको र उनीहरुकलाई होम क्वारेन्टाइनमा राखिएको भनदै पछिल्लो दुई जना संक्रमितको सम्पर्कमा आएकाको पनि ८० प्रतिशत पहिचान भइसकेको जानकारी दिए । उनले लकडाउनलाई पालना गर्दै कोरोना रोकथाम र नियन्त्रणमा सबैलाई सहयोग गरिदिन आग्रह समेत गरे ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि