पोखरामा पनि शुरु भयो कोरोना परीक्षण
हेल्थ टिभी अनलाइन\ काठमाडौं: काठमाडौंबाहिर धरानपछि पोखरामा कोरोना परीक्षण शुरु भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पोखरामा पीसीआर मेशिन जडान गरिसकेको र आजैबाट परीक्षण गर्न शुरु गरिएको बताएका हुन्। उनले धनगढी र सुर्खेतमा पनि पीसीआर मेशिन पुगिसकेको भन्दै छिटै परीक्षण शुरु हुने जिकीर गरे ।
डा देवकोटाले हाल टेकु अस्पतालमा १० जना आइसोलेसनमा रहेको र ७७ जना प्रदेशका अस्पतालका आइसोलेसनमा उपचाररत रहेको पनि जानकारी दिए । उनले उनीहरु सबैको नमुना परीक्षण हुने बताए । यसैगरी हालसम्म १ हजार ६० जनाको कोरोना परीक्षण गरिएको उनले जानकारी दिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा