Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुर्खेतमा ल्याब मेसिन र दक्ष जनशक्ति पठाउने राज्यमन्त्री रावतको आश्वासन

सुर्खेतमा ल्याब मेसिन र दक्ष जनशक्ति पठाउने राज्यमन्त्री रावतको आश्वासन

हेल्थ टिभी अनलाइन\सुर्खेत : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कर्णालीमा एक साताभित्रै कोरोना संक्रमण परीक्षण गर्ने ल्याब मेसिन र दक्ष जनशक्ति पठाउने आश्वासन दिएका छन्।

चीनबाट खरिद गरी ल्याइएका मेडिकल सामग्री सोमवार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गर्दै उनले ल्याब मेसिनको परीक्षण गरेर मात्र प्रदेशमा पठाउने बताए। मेसिन परीक्षण गर्नेवित्तिकै काठमाडौँबाट एम्बुलेन्समा पठाउने उनको भनाइ छ।

कर्णालीमा कोरोना भाइरस जाँच गर्ने मेसिन नहुँदा यहाँ आशङ्कित बिरामीको ‘थ्रोट स्वाब’ काठमाडौँ पठाउनुपर्ने बाध्यता छ। राज्यमन्त्री रावतले कर्णालीका लागि आएको मेशिन अन्य प्रदेशका अस्पतालमा नजानेमा ढुक्क हुन आग्रह गरे। ‘कर्णालीका लागि आएको मेसिन अन्यत्र जाँदैन’, उनले भने, ‘यही साताभित्र दक्ष जनशक्ति मेसिन आइपुग्छ।’

नेपाल सरकारले चीनबाट खरिद गरी ल्याएका मेडिकल उपकरण सेनाको स्काइ ट्रकमार्फत सुर्खेत ल्याइएको हो। सुर्खेत विमानस्थलमा राज्यमन्त्री रावतले सामाजिक विकासमन्त्री दल रावलको रोहबरमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई गाउन एक हजार, एन ९५ मास्क ४८० थान, आइआर थर्मामिटर १० थान, पञ्जा २० हजार थान र सर्जिकल मास्क १० हजार थान हस्तान्तरण गरे।

सामाजिक विकासमन्त्री रावलले कोरोना भाइरसको महामारी भित्रिन नदिन प्रदेश सरकारले सतर्कता अपनाइरहेको बताए।

फाइल फोटो

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन