सातै प्रदेशमा स्वास्थ्य सामग्री
हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न चीनबाट ल्याएका औषधिजन्य सामग्री सातै प्रदेशमा पठाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवाविभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सातवटै प्रदेशमा कोरोना भाइरसको नमुना परीक्षण र स्वाथ्यकर्मीका लागि आवश्यक उपकरण समेत पठाएको जानकारी दिए।
उनका अनुसार कर्णाली र सुदूरपश्चिमबाहेक हेलिकोप्टरबाट विराटनगरमा सामान गइसकेको छ भने अन्य प्रदेशमा आज स्थलमार्गबाट सामान लिएर गाडी गएका छन् ।
आइतबार बिहान चीनबाट कोराना रोकथामका लागि औषषिजन्य सामग्री आएको थियो । कर्णाली प्रदेशको सुर्खेतमा नेपाली सेनाको हेलिकप्टरमार्फत सामान पुगिसकेको छ। सोही हेलिकप्टरले सुदूरपश्चिम प्रदेशको धनगढी पनि सामान लगेको छ।
सरकारले सातै प्रदेशमा प्रयोगशाला सञ्चालन गरेर त्यहीँ नै कोभिड १९ परीक्षण गर्नेछ। आइतबारदेखि धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा नमुना परीक्षणको काम शुरु गरिएको छ ।
प्रदेशस्तरमा रहेका अस्पतालका प्रयोगशालाको स्तर वृद्धि गरी सञ्चालन सम्भाव्यताका लागि विज्ञको टोली पनि पठाएको स्वास्थ्यमन्त्रीका स्वास्थ्यविज्ञ डा. खेम कार्कीले जानकारी दिए।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम