Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एकैदिन ७६ जनाको कोरोना परीक्षण

एकैदिन ७६ जनाको कोरोना परीक्षण

हेल्थ टिभी अनलाइन\काठमाडौं : टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एकै दिन ७६ वटा कोरोना संक्रमण नमुना परीक्षण गरिएको छ। प्रयोगशालाले सोमबार एकै दिन मात्रै ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण गरेको हो।

सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले अहिलेसम्म ९९३ वटा नमुना परीक्षण गरेको जानकारी दिए। उनले सरकारले प्रयोगशालाको दायरा फराकिलो बनाउँदै लगेको र धरानमा नमुना परीक्षण शुरु भइसकेको बताए।

सोमबारसम्म धरानमा १९ वटा नमुना परीक्षण भइसकेको र थप ६ वटा नमुना परीक्षण भइरहेको उनको भनाइ छ। धनगढी, सुर्खेत , बुटवल र जनकपुरमा नमुना परीक्षण गर्ने गरी आवश्यक उपकरण पठाइएको छ।

मन्त्रालयले बुटवलमा दुबईबाट आएका ३४ वर्षीय पुरुषको मृत्यु कोरोना भाइरसका कारण नभएको बताएको छ। ती व्यक्तिको ‘स्वाब’ परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको डा‍. देवकोटाले बताए।

सोमवार पाटन अस्पतालमा ज्यान गुमाएका ३६ वर्षीय पुरुष र वीर अस्पतालमा मृत्यु भएका एक महिला र एक पुरुषको कोरोना संक्रमणको नमुना परीक्षणको क्रममा रहेको उनको भनाइ छ। ‘चारवटै पोजेटिभ केसको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ गरिएको छ’, उनले भने, ‘उनीहरूका परिवार र आफन्तहरूको परीक्षण नेगेटिभ पनि आएको छ।’

अहिलेसम्म प्रदेशहरूमा ९३ जना आइसोलेसनमा रहेको र २१७ वटा नमुना संकलन भएको पनि डा. देवकोटाले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन