Health TV Online
Health TV Online
Health TV Online

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ हजार नाघ्यो

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वभरी कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३३ हजार ९ सय ५६ पुगेको छ । यसैगरी ७ लाख २१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

प्रभावित मुलुकको संख्या दुई सय नाघेको छ । गत डिसेम्बरको अन्तिम साता चीनको वुहानबाट सुरु भएको उक्त कोरोना भाइरस २ सय १ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको हो ।हालसम्म सबैभन्दा बढी इटलीमा कोरोना भाइरसका कारण ज्यान गएको छ । त्यहाँ १० हजार ७ सय भन्दा बढीले ज्यान गुमाएका छन् भने संक्रमित हुनेको संख्या ९७ हजार ६ सय पुगेको छ । त्यहाँ आइतवार मात्रै थप ७ सय ५६ जनाको मृत्यु भएको छ ।

यसैगरी अमेरिकामा संक्रमितको संख्या १ लाख ४१ हजार नाघेको छ । त्यहाँ मृत्यु हुनेको संख्या आतबारसम्म २ हजार ४ सय ७५ पुगेको छ ।आइतबार मात्रै १८ हजार २ सयभन्दा बढी संक्रमित भेटिएका थिए ।

उता सबै यूरोपियन देशहरुमा पनि यसको प्रकोप दिनप्रतिदिन बढ्दो छ । स्पेनमा संक्रमितको संख्या ८१ हजार १ सय नाघेको छ । त्यहाँ शनिवार मात्रै ६ हजार ८ सय संक्रमित थपिएका छन् भने मृत्यु हुनेको संख्या ६ हजार ८ सय ३ पुगेको छ । फ्रान्समा पनि एकै दिन ३ सय जनाको मृत्यु भएको छ । जर्मनीमा ६२ हजार ९५ जना संक्रमित भएका छन् भने ५ सय ४१ जनाको मृत्यु भएको । फ्रान्समा संक्रमितको संख्या ४० हजार १ सय ७४ पुगेको छ भने २ हजार ६ सय ६ जनाको मृत्यु भइसकेको छ ।

भारतमा पनि कोरोना संक्रमितको सख्या बढ्दै गएको छ । हालसम्म कोरोना संक्रमितको संख्या एक हजार १ सय पुगेको छ भने ३० जनाको मृत्यु भएको छ ।  नेपालमा हालसम्म ५ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । एक जना निको भएर घर फर्किसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार