कोरोना भाइरस : पाकिस्तानमा एक हजार ५०० संक्रमित
पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ५०० पुगेको छ।
अधिकारीहरूले दिएको शनिवारसम्मको तथ्यांकअनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ।
एउटै देशमा संक्रमित हुने र मृत्यु हुनेको यो संख्या दक्षिण एसियामै सबैभन्दा धेरै भएको अन्तर्राष्ट्रिय संगठनहरूले बताएका छन्।
पाकिस्तानको पञ्जाबमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन्। पञ्जाबमा अहिलेसम्म ४६९ जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ।
मृत्यु हुनेको संख्या भने सिन्ध प्रान्तमा सबैभन्दा धेरै रहेको अधिकारीले बताएका छन्। पकिस्तानमा कोरोना भाइरसको संक्रमणको पुष्टि फेब्रुवरी २६ मा भएको थियो।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त